राजदूत नियुक्तिमा कस्तो उदेक देख्नुपर्यो नि !

राजदूत नियुक्तिमा कस्तो उदेक देख्नुपर्यो नि !

नेपाल सरकारले हिजो साँझ गरेको राजदूत नियुक्तिमा स्वार्थ बाझिने थुप्रै भद्रगोल भेटिएको छ । भारत,अमेरिका, बेलायत,दक्षिण कोरिया,डेनमार्क, मलेसिया र स्पेनसङ्गै साउदी अरबका लागि सिफारिस गरिएका अबुसुफ्यान खान मुसलमान विवादास्पद म्यानपावर एजेन्सीको मालिक हुन् । उनी राजधानीको सामाखुशी टाउन प्लानिङ्गस्थित इशान ओभरसिज चलाउँछन् । विशेषगरी साउदी अरब र मध्यपूर्वका मुलुकमा नेपाली युवालाई रोजगारीका निम्ति लैजाने उक्त ओभरसिजका मालिक मुसलमानलाई विगतका धेरै वटा लफडामा राजधानी रियादस्थित नेपाली दूतावासमा बोलाएर हप्काइएको थियो ।

उनै मान्छेलाई सोही दूतावासको हाकिम बनाएर पठाउन लागिएको छ । उनै ब्यक्ति दूतावासको उपसचिव र अधिकृतसरहका कर्मचारीलाई हप्काइ दप्काई गर्ने र गोप्य रिपोर्ट (कार्य सम्पादन मूल्यांकन) भर्ने हैसियतमा पुग्ने भएपछि त्यहाँ तैनाथ कर्मचारी र नेपाली श्रमिकहरु भरङ्ग भएका छन् ।

उनको सिफारिसमा केही म्यानपावर एजेन्सीका साहुहरु भने दङ्ग देखिन्छन् । वैदेशिक रोजगारमा सिस्टम भत्काउने र गलत मार्केटिङ गर्ने समूहको नेतृत्व उता बसेर उनैका मान्छे जुबेर खानले गर्दै आएको बताइन्छ । राजदूतमा सिफारिस भेटेका मुसलमान र जुबेरहरु एउटै समूहका हुन् । उनै जुबेरले यसअघि साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख (डिसिएम) दिलिप पौडेललाई अनेक लाञ्छना लगाउँदै संसदको सार्वजनिक लेखा समितिमासमेत उभ्याएका थिए । पौडेललाई धुरुधुरु रुवाएका उनै पौडेलले संसदीय बैठकमा बयान दिनुपर्ने भएपछि ‘गल्ती भयो’ भन्दै निवेदन फिर्ता लिए । पौडेल यसअघि परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल थिए । अहिले राष्ट्रपति कार्यालयमा छन् ।

उनै जुबेरले यसअघि साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख (डिसिएम) दिलिप पौडेललाई अनेक लाञ्छना लगाउँदै संसदको सार्वजनिक लेखा समितिमासमेत उभ्याएका थिए । पौडेललाई धुरुधुरु रुवाएका उनै पौडेलले संसदीय बैठकमा बयान दिनुपर्ने भएपछि ‘गल्ती भयो’ भन्दै निवेदन फिर्ता लिए । पौडेल यसअघि परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल थिए । अहिले राष्ट्रपति कार्यालयमा छन् ।

जुबेर राजदूत सिफारिस भएका मुसलमानको नाताले भाञ्जा पर्छन् ।  इशान ओभरसिजको अध्यक्षमा भने थिरमणि पौडेललाई राखिएको छ । मुसलमान पौडेलका पार्टनर हुन् । हिजो सिफारिस हुनुअगावै उनको नाम ओभरसिजको वेवसाइटबाट हटाइसकिएको छ । यसबाट पनि यो नियुक्तिको खेल पुरानै रहेको स्पष्ट हुन्छ ।

उनलाई उपेन्द्र यादवको दल जसपा विभाजनपछि गठित अशोक राई नेतृत्वको समाजवादी पार्टीबाट पार्टी कार्यालय चलाउन श्रोत जुटाउने शर्तसहित सिफारिस गरिएको हो । राजदूतजस्तो महत्वपूर्ण पदमा हुन लागेको ब्यापारिक सौदाबाजीको यो गतिलो प्रमाण हो भनिन्छ ।

नेपाल र साउदी अरेबिया दुबै ठाउँमा म्यानपावर कम्पनी सञ्चालन गर्दैै आएका व्यक्तिलाई पैसाको आडमा राजदूत नियुक्त गर्न लागिएको परराष्ट्रकै कर्मचारीहरुको दाबी छ । ‘हाम्रा कर्मचारीले अब कुन हैसियतमा काम गर्ने ? दलालहरुसँग रियादमा रहेका हाम्रा कर्मचारी सँधै जुध्दै आएका छन् । अब कुन मोरलअनुसार काम गर्ने उनीहरुले ? यसले जागिरप्रति नै वितृष्णा दिलाएको छ,’ मन्त्रालयको उच्च स्रोतले बतायो ।

यसअघि रियाद दूतावासमा कार्यकाल बिताएर आएका एक जना कर्मचारीका अनुसार मुसलमान र जुबेरपछि बाहुन थरका अर्का दलाल छन् । दूतावासमा जुन कर्मचारी गए पनि विरोध गर्ने र दुःख दिनेबाहेक उनको अर्को नियत छैन । 
थाहा भएअनुसार राजदूत सिफारिस भएका मुसलमानको इशान म्यानपावरको लाइसेन्स एक पटक निलम्बन गरिएको थियो । पहिले साउदी अरेबिया र गल्फ कन्ट्रीहरुमा काम गर्दागर्दै उनले ओभरसिज खोलेका थिए ।

भारततिर पढाइलेखाइ गरेका उनी कपिलवस्तुका स्थानीय हुन् । कतिपयले परिवारका सदस्यहरु भारततिरै बस्ने गरेको बताएका छन् । उनको नयाँ दिल्लीमासमेत घर रहेको एक जना नातेदारको दाबी छ ।

 

 

टिप्पणीहरू