पतञ्जलीको जग्गासम्बन्धी कागजात बुझाउन लेखा समितिको एक हप्ते म्याद

पतञ्जलीको जग्गासम्बन्धी कागजात बुझाउन लेखा समितिको एक हप्ते म्याद

सार्वजनिक लेखा समितिले काभ्रेपलाञ्चोकमा रहेको भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठको जग्गासम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेख्दै पतञ्जली योगपीठको जग्गा खरिद र बिक्रीको प्रयोजन खुलाउन आग्रह गरेको हो ।

‘पतञ्जली योगपीठले हदबन्दी छुट पाएको ३५३ रोपनी अपचलन भन्ने विषयमा के कसो भएको हो ? पतञ्जली योगपीठको कुल जग्गा कति हो ?’, समितिको पत्रमा भनिएको छ, ‘उक्त जग्गाको हालको अवस्था साथै सम्पूर्ण विवरण तथा कागजातहरु सात दिनभित्र समिति सचिवालयलाई उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

टिप्पणीहरू