भक्तपुरका विपन्नलाई सित्तैमा इन्डक्सन चुल्हो

भक्तपुरका विपन्नलाई सित्तैमा इन्डक्सन चुल्हो

भक्तपुरमा गरिब, असहाय तथा विपन्न नागरिकलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर, २ का असहाय तथा विपन्न स्थानीयलाई चुल्हो दिइएको हो । 

वडाध्यक्ष हरिप्रसाद बासुकलाले आज एक कार्यक्रमका बीच ६० जना स्थानीय बासिन्दालाई इन्डक्सन चुल्हो प्रदान गरे । नगरपालिकाबाट उत्पादित मल, बीउबिजनसमेत स्थानीय कृषकहरुलाई आवश्यकताअनुरुप निःशुल्क रुपमा वितरण गर्दै आइरहेको उनले जानकारी दिए । 

वडा कार्यालय  जनताको सेवामा सक्रिय रहेको उल्लेख गर्दै वडाध्यक्ष बासुकलाले विकास निर्माण एंव सम्पदा पुनर्निमार्णमा स्थानीयको सहभागिताले जनविश्वास थप बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

टिप्पणीहरू