भिख माग्न जाँदा सुन चोरेर भाग्ने जोगी भेटिए

भिख माग्न जाँदा सुन चोरेर भाग्ने जोगी भेटिए

जोगीको भेषमा भिख माग्दै हिँड्ने दुइजना प्रहरीको फन्दामा परेका छन् । भिख माग्न गएको घरबाट सुन चोरेर भागेको आरोप लागेका दुई भारतीय नागरिकलाई प्रहरीले आज समातेको हो । 

पक्राउ पर्नेमा भारतको हरियाणा कर्नाल घर भएका र हाल काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना छन् । प्रहरीका अनुसार उनीहरु हिजो बिहान काठमाडौं महानगरपालिका–३०, स्थित सेतोपुलनजिक डेरामा बस्दै आएकी उर्मिला श्रेष्ठको कोठामा भिख माग्न गएका थिए । सो क्रममा श्रेष्ठले दुवै कानमा लगाएको सुनको रिङ खोसेर उनीहरु फरार भएका थिए । 

प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले देवु र जेलिनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथबाट चोरी भएको ९५ हजार मूल्य बराबरको दुई वटा सुनको रिङ प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू