मनसुन सक्रियपछि सतर्कता अपनाउन आग्रह

मनसुन सक्रियपछि सतर्कता अपनाउन आग्रह

मनसुन भित्रिएको १५ दिनमा मुलुकभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि पूर्ण रुपमा देशभर मनसुन फैलिएको जानकारी दिएको छ । यो वर्ष नेपालभर मनसुन फैलिन दुई साताबढी लागेको छ । 

यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो जेठ २८ गते कोशी प्रदेशको पूर्वी भूभागमा प्रवेश गरेको थियो । असार ६ गते कोशीको बाँकी भूभाग, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा मनसुन भित्रिएको हो ।

महाशाखाले मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरुले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुनसक्ने बताएको छ । 

खराब मौसमका कारणले हुनसक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन र मौसम सूचनाको जानकारी लिइरहन पनि महाशाखाले अनुरोध गरेको छ ।

टिप्पणीहरू