बालुवाटारमा तीन दलका नेताबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी भेटवार्तामा काँग्रेस, एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु पनि सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न नेताहरू जुटेको बताइएको छ ।
छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक र राधेश्याम अधिकारी सहभागी छन् । एमालेबाट कानुनमन्त्री पदम गिरी, उपमहासचिव प्रदीप ज्ञवाली र सांसद महेश बर्तौला तथा माओवादीबाट उपमहासचिव जनार्दन शर्मा छलफलमा सहभागी रहेको जनाइएको छ ।
टिप्पणीहरू