कम्युनिष्ट पार्टीको संग्रहालयमा वर्षेनी लाखौंको भ्रमण

कम्युनिष्ट पार्टीको संग्रहालयमा वर्षेनी लाखौंको भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालय भ्रमण गर्नेको संख्या ३५ लाख नाघेको छ । राजधानी बेइजिङको छाओयाङ जिल्लामा अवस्थित संग्रहालयको उद्घाटन तीन वर्षअघि सन् २०२१ को जुन १८ का दिन गरिएको थियो ।

यसबीचमा १० हजारभन्दा बढी ग्रुप भिजिट र साढे ५ लाख व्यक्ति त्यहाँ पुगेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीको अवसरमा सञ्चालनमा ल्याइएको संग्रहालयमा भ्रमण गर्नेको संख्या क्रमशः बढेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।  

संग्रहालयका प्रमुख वु सियाङतोङका अनुसार पार्टी अनुशासन र चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी पुरानो इतिहास छर्लङ्ग हुने भएकाले यसप्रति युवापुस्ता झन् उत्साहित देखिन्छन् ।

फोटो : सिन्ह्वा ।

टिप्पणीहरू