भिजिट भिसामा पठाउन गृहका कर्मचारी नै सँलग्न
भिजिट भिसामा नेपालीलाई विदेश पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा दबाब दिएपछि गृह मन्त्रालयका एकजना कर्मचारी पक्राउ परेका छन् । त्यस्तो हर्कत गरेका कम्प्युटर अपरेटर निर्मल विष्ट पक्राउ परेको बताइएको छ । उनले गृहमन्त्री र गृहसचिवको नाम लिएर अध्यागमनमा फोन गर्ने गरेको पाइएको छ ।
गत शुक्रबार थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई दबाब दिएपछि उक्त तथ्य बाहिर आएको हो ।
विष्टलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू