झण्डै एक सयजना कर्मचारीलाई अवकाश दिने प्राधिकरणको तयारी
नेपाल विद्युत प्राधिकरणका साढे छ दर्जन कर्मचारी अवकाशमा जाने भएका छन् । आगामी पुसदेखि चैतसम्म चार महिनाको अवधिमा प्राधिकरण र मातहतका निकायमा कार्यरत ७८ जना कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
आगामी पुसमा २५ जना, माघमा २०, फागुनमा १२ र चैतमा २१ जना गरी कुल ७८ जना विभिन्न तहमा कार्यरत कर्मचारी अनिवार्य अवकाशमा जान लागेको प्राधिकरणले जनाएको छ ।
अनिवार्य अवकाश पाउनेमा प्राधिकरणको देवीघाट जलविद्युत केन्द्रमा कार्यरत नवौं तहका उपप्रबन्धक सुनिलकुमार चर्तुवेदीसहित एक तहका जुनियर हेल्परसम्म छन् । अवकाशमा जान लागेका कर्मचारीको सूची प्राधिकरणको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू