अमेरिकी जर्नेल नेपाल आउँदा समन्वयको कमी

अमेरिकी जर्नेल नेपाल आउँदा समन्वयको कमी

अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम.रुड नेतृत्वको चार सदस्यीय टोली नेपाल भ्रमणमा छ । टोली सवार वायुसेनाको विमान बंगलादेशको राजधानी ढाका हुँदै अस्ति मध्यान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

अमेरिकी दूतावासले टोली चार दिने भ्रमणका लागि काठमाडौँ ओर्लिएको बताएको छ । तर, सोही टोलीबारे जानकारी दिने क्रममा रक्षा मन्त्रालयले पाँच दिनलाई आएको उल्लेख गरेको छ ।

परराष्ट्र श्रोतका अनुसार अक्टोबर २४ तारिखमा प्राप्त डिप्लोम्याटिक नोटमा जर्नेल नेतृत्वको टोली अस्ति शुक्रबार दिउँसो आइपुग्ने र भोलि सोमबार बिहान सवा ८ बजे काठमाडौंबाट फर्कने भनिएको छ । औपचारिक भ्रमणमा आएको टोलीमा लेफ्टिनेन्ट कर्णेल ब्राण्डन क्रुपा,दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका लागि रणनीतिकार तथा नीति सल्लाहकार रमा मुत्याला, राजनीतिक सल्लाहकार सेहजी खान र सञ्चार अधिकृत डस्टिन ह्विटाकार छन् । 

दूतावासले नेपाल सरकारलाई टोली सोमबार फर्कने जानकारी गराएको छ भने रक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाएको औपचारिक पत्रमा चाहिँ मंगलबार काठमाडौंबाट फिर्ता हुने उल्लेख छ ।

वायुसेनाको कल साइन निन्जा ९८ वाला मील एअर विमानमा आएको टोलीलाई दूतावासका डिफेन्स अट्याची माइकल फोरेस्टरलगायत चार जनाले स्वागत गरेका थिए । दूतावासले नेपाल सरकारलाई टोली सोमबार फर्कने जानकारी गराएको छ भने रक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाएको औपचारिक पत्रमा चाहिँ मंगलबार काठमाडौंबाट फिर्ता हुने उल्लेख छ । 

टोली सदस्यहरुबारे विस्तृत जानकारी नदिए पनि अमेरिकी दूतावासले सामाजिक सञ्जालमा जर्नेल नेतृत्वको टोली नेपाल आएको सूचना शुक्रबार बेलुकी अपडेट गरेको थियो । तर भेटघाटको विस्तृत विवरण र औपचारिक जानकारी दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

टिप्पणीहरू