चाइना साउदर्नको काठमाण्डौ केन्द्रित नयाँ विमान
चाइना साउदर्नले आजदेखि काठमाडौं–ग्वाङझौ–काठमाडौं रुटमा नयाँ विमान प्रयोग गरेको छ । एअरबसको ए ३२० नियो विमान उडानमा प्रयोग गरिएकाले यात्रुलाई थप आराम हुने विश्वास एअरलाइन्सले लिएको छ ।
कम्पनीले भनेको छ, ‘ए ३२०नियो जहाज पहिलेको ए ३१९नियोभन्दा ठूलो छ । धेरै सीट छन् । क्याबिन डिजाइन सुधारिएको छ भने सिट व्यवस्थापन पनि आधुनिक भएकाले यात्रुहरुले खुल्ला महसुस गर्नेछन् । विमानको सिट वरपर यात्रुले सुविधाका थप विकल्पहरु पाउँछन् । यसले यात्रा आरामदायी बनाउने छ ।’
चाइना साउदर्न नेपालमा हुने उडानमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न तयार रहेको बताइएको छ । उडान स्तरोन्नतिले चीन–नेपाल मित्रतामा थप प्रगाढ थपिने विश्वास लिइएको छ । यसले दुई मुलुकबीचको पर्यटन, संस्कृति र व्यापारको बढोत्तरीमा समेत सकारात्मक योगदान पुर्याउने चाइना साउदर्नको भनाई छ ।
उक्त रुटको उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन एअरलाइन्सले दक्ष र अनुभवी चालक दलका सदस्यलाई प्राथमिकतामा राख्ने गरेको जानकारी पनि दिइएको छ ।
टिप्पणीहरू