काङ्ग्रेस नेताहरुको भारततिर बाक्लो भेटघाट

काङ्ग्रेस नेताहरुको भारततिर बाक्लो भेटघाट

भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ निकट नेतासँग हरिद्वारमा भेटघाट गरेको छ । 

नेपालमा मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला हरिद्वारस्थित पतन्जली योगपिठमा भएको उक्त भेटघाटमा धार्मिकभन्दा राजनीतिक कुराकानीले महत्व पाएको बताइएको छ । भारतीय गृहमन्त्री अमित शाहका पूर्वपीए तथा कांग्रेस नेता सन्दिप रानाको चाँजोपाँजोमा भएको भेटमा साउदसहित आचार्य बालकृष्ण, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह सहभागी छन् । 

हरिद्वारमा नुहाउँदै उनीहरूले ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारको समीक्षा गर्नुका साथै मन्त्री हेरफेरको सम्भावना र आफ्ना आकांक्षा भारतीयहरुलाई सुनाएको बुझिएको छ । त्यस्तै, नेपालमा आयुर्वेद उत्पादनको सम्भावना र युवाहरूको क्षमता विकास एवं सकारात्मक परिणामबारे पनि चर्चा भएको सम्वद्ध स्रोतले जानकारी दिएको छ । 

बताइएअनुसार साउदले मुख्यमन्त्री याेगीसँग पनि भेटको आकांक्षा राखेकोमा अहिलेसम्म समय पाइसकेका छैनन् । उनी अन्य कार्यक्रममा ब्यस्त रहेकाले तत्काल समय नदिए पनि वमित शाहका पूर्वपिएले जसरी पनि भेटाएरै छाड्ने जिम्मा लिएको बताइन्छ ।

टिप्पणीहरू