कार्यालय कब्जा गर्ने क्रममा विप्लव कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल
रोल्पाको माडी गाउँपालिकामा विप्लवका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ । गाउँपालिकाको कार्यालय कब्जा गर्न गएका विप्लव कार्यकर्तालाई प्रहरीले रोकेपछि अवस्था एकछिन तनावग्रस्त भएको बताइन्छ ।
विप्लव कार्यकर्ता र प्रहरीबीचको तनावपूर्ण अवस्थामा गाउँपालिकाका अध्यक्षसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरु कार्यालयको मूल गेटमा ताल्चा लगाएर भित्रै लुकेका थिए । कार्यालय बाहिर प्रहरीसँग कार्यालय कब्जा गर्न गएका नेता–कार्यकर्ताको भनाभन भएको हो ।
गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले ३६ लाख रुपैयाँ भ्रष्टाचार गरेको उनीहरुको आरोप छ । प्रहरीले कार्यालय कब्जा गर्न रोकेपछि विप्लव कार्यकर्ताले माडी गाउँपालिकाको कार्यालयअघि नाराबाजी गरेका थिए ।
टिप्पणीहरू