जासुसलाई साइड नदिँदा सोझै खोरतिर

जासुसलाई साइड नदिँदा सोझै खोरतिर
सुन्नुहोस्

‘जसको शक्ति,उसैको भक्ति’, नेपाली समाजमा प्रचलित यो उखान सुरक्षा निकायका हाकिमहरुको हर्कतसँग मेल खान थालेको छ । राष्ट्रिय अनुसन्धान विभागका हाकिमले एक  जनालाई प्रहरी हिरासतमा पुर्‍याएको पाइएको छ । 

भक्तपुर हेर्ने राष्ट्रिय अनुसन्धानका एसपी टेकराज तिमल्सिनाले आफ्नो गाडीलाई साइड नदिएको निहुँमा एक व्यक्तिलाई प्रहरीको जिम्मा लगाएका छन् । घटना अस्ति आइतबारको हो । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६, कमेराेटारस्थित दुर्गा प्रसाइँकाे घरतर्फ आउँदै गरेका तिमल्सिना अर्को गाडीलाई ‘ओभरटेक’ गरेर अगाडि जान खोज्दै थिए ।

‘राष्ट्रिय अनुसन्धानका एसपीलाई मिसबिहेभ गरेको आरोपमा पक्राउ परेका उनलाई यहाँ राख्न पठाइएको थियो । हामीले परिसरमै फिर्ता पठाइसकेका छौं’,उनले भने । 

तर, त्यो गाडीले साइड नदिएपछि आफ्नो गाडीबाट ओर्लिएर सवारी चालक दिलभुषण थापामाथि हातपात गरे । थापाको कठालो समाते र जिल्ला प्रहरी परिसर,भक्तपुर पुर्‍याए । सवारी चालकमाथि हातपात गर्ने तिमल्सिनामाथि कारबाही हुनुपर्नेमा उल्टै थापा प्रहरी नियन्त्रणमा छन् । 

थापाले आफूलाई अभद्र व्यवहार गरेको उनको आरोप छ । उनलाई कडाभन्दा कडा कारबाही गर्न भन्दै तिमल्सिनाले परिसरमा पत्राचारसमेत गरेको स्रोत बताउँछ । ‘यो सरासर पदको दुरुपयोग हो । साइड नदिएको निहुँमा कठालो समात्ने, हातपात गर्ने अनि आफैंमाथि अभद्र व्यवहार गर्यो भन्ने । गणतन्त्रमा पनि यस्तो हुन्छ ?’,स्रोतले असन्तुष्टि जनाउँदै भन्यो । 

परिसरले उनलाई प्रहरी वृत्त, थिमी पठाएको थियो । थिमीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रेमसागर केसीका अनुसार उनलाई परिसरतिरै  फिर्ता पठाइएको छ ।  ‘राष्ट्रिय अनुसन्धानका एसपीलाई मिसबिहेभ गरेको आरोपमा पक्राउ परेका उनलाई यहाँ राख्न पठाइएको थियो । हामीले परिसरमै फिर्ता पठाइसकेका छौं’,उनले भने । परिसरले भने दिलभुषण नामक कुनै व्यक्तिलाई नियन्त्रणमा नलिइएको दाबी गरेको छ । 

यता, एसपी तिमल्सिनाले आफूमाथि लगाइएको आरोप झुठ्ठो भएको बताए । दिलभुषणले अपशब्दको प्रयोग गरेर आफूलाई ‘मिसबिहेब’ गरेको उनको भनाइ छ । आफूले उनलाई प्रहरी कार्यालय नलगेको तिमल्सिना बताउँछन् । 

‘यो घटनामा अन्याय मलाई भएको हो । म आफ्नो ड्युटी निभाउँदै गर्दा कसैले ममाथि अपशब्दको प्रयोग गरेको छ । मेरो मानमर्यादामा आँच पुर्याउनेगरी उहाँले बोल्नुभएको छ । त्यसपछि, मैले जहाँ जानकारी गराउनुपर्ने थियो, त्यहाँ गराए । उहाँलाई प्रहरीले नियन्त्रणमा लियो । उहाँले आफ्नो गल्ती महशुस गर्नुभयो । हामी सौहादपूर्ण तरिकाले छुट्टियौं । सबैभन्दा ठूलो कुरा गल्ती स्वीकार्नु हो’,उनले भने । 

टिप्पणीहरू