वीरगञ्जमा १० हजार किशोरीलाई आत्मरक्षा तालिम

वीरगञ्जमा १० हजार किशोरीलाई आत्मरक्षा तालिम

वीरगञ्ज महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिने भएको छ । 

महानगरले मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत दश हजारभन्दा बढी छात्रालाई एकैपटक आत्मरक्षा तालिम दिन लागेको हो । उनीहरुको मनोबल उच्च बनाउने उद्देश्यका साथ भारतका प्रख्यात मार्शल आर्ट प्रशिक्षक डा.चिता यजनेश सेट्टीको प्रशिक्षणमा भोलि एक दिन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको महानगरले जनाएको छ । 

यसका लागि महानगरले भोलि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन स्थगित गरेको छ । बिहान १० बजेदेखि आदर्शनगर रंगशालामा तालिम कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । 

कार्यक्रममा विद्यालयका सम्पूर्ण छात्रा तथा महिला शिक्षकहरुलाई पोशाकसहित सहभागी हुन महानगरले निर्देशन दिएको छ ।

टिप्पणीहरू