विनियोजन विधेयक प्रमाणीकरण

विनियोजन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘विनियोजन विधेयक, २०८१’ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक उहाँले आज प्रमाणीकरण गर्नुभएको हो । 

शीतल निवासले विज्ञप्ति जारी गर्दै सम्मानीय राष्ट्रपतिले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक, २०८१’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको जनाएको छ ।

टिप्पणीहरू