युवा अनुभव बाँड्न नेपाली फौज पाकिस्तानमा
पाकिस्तानमा आयोजित 'युथ एक्सचेञ्ज प्रोग्राम'मा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ गएको छ ।
राष्ट्रिय सेवा दलका तालिम, योजना तथा अनुगमन निर्देशक सहायक रथी महेशकुमार थापाको नेतृत्वमा १२ जनाको टोली दुबई हुँदै गएराति पाकिस्तान पुगेको हो । फ्लाई दुबईको उडान नम्बर एफजेड-०५७६ मा सैनिक टोली हिजो बेलुका काठमाडौँबाट दुबई उडेको थियो ।
टोलीमा रथी थापासँगै सेनानी सावित्री थापा, एनसीसी क्याडेडहरु हिमाल रोकाय, निखिल कठायत, सुमन खत्री, प्रनिता लामा, सन्दीप बाजु, मिरिया गुरुङ, आयुष्मा पौडेल, आदित्य गोदार, प्रकृति थापा मगर र सदिक्षा ढकाल रहेको नेपाली सेनाले जानकारी दिएको छ छ ।
हिजो बुधबारदेखि शुरु भएको उक्त कार्यक्रम मङ्सिर ५ गतेसम्म चल्ने जनाइएको छ ।
टिप्पणीहरू