सडकपेटीमा मोटरसाइकल मर्मत गर्नेलाई तिराइयो पाँच हजार
काठमाडौं महानगरपालिकाले सडकपेटीमा मोटरसाइकल मर्मत गर्ने एक वर्कशपलाई कारबाही गरेको छ । वडा नम्बर १५ मा रहेको सन्तोष मोटरसाइकल वर्कशपलाई कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
उक्त वर्कशपले सडकपेटीमा मोटरसाइकल मर्मतका साथै सडक फोहोर बनाएको महानगरको आरोप छ । वर्कशप धनीलाई आगामी दिनमा यस्तो कार्य नगर्न पनि सम्झाइएको छ ।
टिप्पणीहरू