ओलीलाई भोट नदिन एकीकृत समाजवादीको ह्वीप

ओलीलाई भोट नदिन एकीकृत समाजवादीको ह्वीप
सुन्नुहोस्

प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । 

प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सो पार्टीको संसदीय दलले सांसदहरुलाई निर्देशन दिएको हो । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

 एकीकृत समाजवादीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने पनि स्पष्ट पारेको छ ।

टिप्पणीहरू