भियतनामी सर्वोच्च कम्युनिस्ट नेताको निधन

भियतनामी सर्वोच्च कम्युनिस्ट नेताको निधन
सुन्नुहोस्

चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले भियतनामी कम्युनिष्ट पार्टीका महासचिव ङ्गुएन फु ट्रोङको निधनमा गहिरो दुुःख व्यक्त गर्दै शोक सन्तप्त सबैमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले चीनको राजधानी बेइजिङस्थित भियतनामी राजदूतावास पुगेर शोक पुस्तिकामा समवेदना व्यक्त गर्नुभएको बताइएको छ ।

हिजो दिउँसो राष्ट्रपति सि विदेशमन्त्री वाङ यीसहितको टोलीसँगै दूतावास पुग्नुभएको थियो । उहाँले समवेदना सन्देशमा लेख्नुभएको छ, ‘समाजवाद र मजदुर वर्गको हितमा उहाँको नेतृत्वमा भएको आन्दोलन र उहाँको योगदान सँधै सम्झनायोग्य छन् ।’

टिप्पणीहरू