एमाले नेताबाट राजीनामा
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबमा,महासचिव शंकर पाेखरेलनिकट उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
महासचिव पाेखरेलनिकट स्रोतका अनुसार संसदीय दलका नेता गिरीले नैतिकताका आधारमा मंगलबार राति प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र लेखेका छन् ।
महासचिव पाेखरेल समूहकाे चलखेलले मुखमै आएकाे मुख्यमन्त्री पद खाेसिएपछि उनी शीर्ष नेतृत्वसँग असन्तुष्ट छन् ।
टिप्पणीहरू