नयाँ होटलमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको लाइन

नयाँ होटलमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको लाइन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीमा ‘थर्मल गन’ काण्ड मच्चाएका र विभिन्न विवादमा मुछिएका साहिल अग्रवालको होटल हिल्टन उद्घाटन गर्नुभएको छ । साहिलका बुबा शंकर अग्रवालको मुख्य लगानी रहेको नक्साल भगवती मन्दिरसँगैको होटल हिल्टन हिजो उद्घाटन गरिएको छ । 

उद्घाटनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्च पदस्थ अधिकारीहरुको लाइन लागेको थियो । शंकर ग्रुप नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन महशुल भुक्तानी विवादमा पर्दा पछाडिको खेलाडीको रुपमा परिचित छ । 

एउटा करछलीवाला विवादास्पद होटलको उद्घाटनमा मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीहरु लाइन लाग्न थालेपछि भोलि कुन सरकारी कर्मचारीले उनीहरुविरुद्ध टिप्पणी उठाउने आँट निकाल्छ ?

शंकर र दिपक भट्टहरुको समूहको चर्को लबिङका कारण नेपाल धितोपत्र बोर्डमा रिक्त कार्यकारी अध्यक्षको नियुक्ति प्रक्रिया अवरुद्ध छ । उनीहरु जसरी पनि बोर्डमा आफ्नो मान्छेलाई अध्यक्ष बनाउने योजनामा लागेकै छन् । 

यसअघि हिमालय रिइन्स्योरेन्स कम्पनीको लाइसेन्स पनि केपी शर्मा ओली नेतृत्वको अघिल्लो कार्यकालमा सोही समूहले फुत्काएको थियो । जतिबेला युवराज खतिवडा अर्थमन्त्री थिए । अहिले उनी प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार छन् । यसबीच लघुबीमा कम्पनीको लाइसेन्स पनि उनीहरुले नै हात पारिसकेका छन् ।

एउटा करछलीवाला विवादास्पद होटलको उद्घाटनमा मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीहरु लाइन लाग्न थालेपछि भोलि कुन सरकारी कर्मचारीले उनीहरुविरुद्ध टिप्पणी उठाउने आँट निकाल्छ ? सामान्यतयाः राजश्व, भन्सार, कर छलीमा संलग्न भएको अवस्थामा यी व्यापारीविरुद्ध कलम चलाउन कुनै कर्मचारी अग्रसर होला  ?

टिप्पणीहरू