स्वास्थ्यका कर्मचारीहरुलाई कोषमा आवद्ध गराउन निर्देशन

स्वास्थ्यका कर्मचारीहरुलाई कोषमा आवद्ध गराउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन दिएको छ । 

मन्त्रालयले मातहतका अस्पताल, प्रतिष्ठान तथा निकायलाई पत्राचार गर्दै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन भनेको हो । श्रमिकहरुलाई सुरक्षा कोषमा सूचिकृत गराई उनीहरुको हक अधिकार सुनिश्चित गराउन मन्त्रालयको आग्रह छ । 

‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८१-०३-१८ गतेको पत्रबमोजिम सामाजिक सुरक्षा ऐन, २०७४ को कार्यान्वयनका लागि सामाजिक सुरक्षा कोषको स्थापना भई हाल कोषका योजनाहरु सुचारु रुपमा सञ्चालन भइरहेकोले यस मन्त्रालयअन्तर्गतका निकायहरुमा आबद्ध श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराई श्रमिकहरुको हकअधिकार सुनिश्चित गर्न मन्त्रालयको २०८१-०४-०८ गतेको निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

टिप्पणीहरू