माछापुच्छ्रेको एटीएम तोडफोडमा रौतहटका बैठा संलग्न
बालाजु चोक नजिकैको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरिएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा कलंकीमा बस्दै आएका रौतहटका १८ वर्षीय राधेश्याम बैठा समातिएका छन् ।
आज बिहान पौने ३ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट फलामको रड एक थान बरामद गरिएको छ ।
बैठामाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू