आफै जाने बेला सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा मन्त्री सोत्तर

आफै जाने बेला सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा मन्त्री सोत्तर
सुन्नुहोस्

-शेरबहादुर ऐर

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सहभागी भूमिव्यवस्था,कृषि तथा सहकारीमन्त्री टिका थापालाई पदमुक्त गरिएको छ । 

संसदीय अभ्यासमा सदनमा सरकारको तर्फबाट सहभागी भएका बखत मन्त्री पदमुक्त भएको सम्भवतः यो पहिलो अभ्यास  हो । आजको अधिवेशनमा प्रदेशमा उत्पन्न प्राकृतिक विपदसम्बन्धी छलफलको कार्यसूची थियो ।

विशेष समयमा विभिन्न दलका सदस्यले धारणा राखेका थिए । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शिवसिंह ओलीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसद छलेको आरोप लगाए । त्यसबीच मन्त्री पदमुक्त भइन् ।

ओलीले मुख्यमन्त्रीका कारण सर्वसाधारणले दुःख पाइरहेको गुनासो पोखेपछि सभामुख भीमबहादुर भण्डारीले विशेष समयमा बोल्ने सदस्यहरुलाई विपद्का विषयमा केन्द्रित हुन निर्देशन दिए ।

अधिकांश सदस्यले एकपछि अर्को विपद्का घटना भए पनि सरकारले उद्धार र राहतमा कुनै काम नगरेको बताए । केहीले सरकारले विज्ञप्तिसमेत जारी नगरेर गैरजिम्मेवार बनेको आरोप लगाए । सत्ता समीकरण फेरिएका कारण मुख्यमन्त्री सोडारी आफै सुरक्षित छैनन् ।

टिप्पणीहरू