गालीमा किन रमाउँछन् राजनीति बुझेका नेपाली ?
राजनीतिक आस्था र दलीय आवद्धताका आधारमा नेताहरुबीच हुने गालीगलौज र कटाक्षपूर्ण अभिव्यक्ति नेपाली राजनीतिको विशेषताजस्तै भैसकेको छ । अरुलाई सत्तोसराप गरेर आफू पानीमाथिको ओभानो बन्न खोज्ने राजनीतिको आम प्रवृत्ति नै हो । दलका शीर्ष नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासम्म यस्तो देखिन्छ ।
यसैबीच हालै लुम्बिनी प्रदेश प्रमुख नियुक्त भएका कृष्णबहादुर घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको एउटा अभिव्यक्ति अहिले चर्चामा छ । अस्ति साँझ बसेको क्याबिनेट बैठकले माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त तीन प्रदेश प्रमुखलाई हटाएर एमाले र कांग्रेसको सिफारिसमा नयाँ नियुक्ति गरेको थियो । सोहीअनुसार लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भए कांग्रेसका घर्ती ।
उनै घर्तीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भरमार गालि गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल छ । गैरराजनीतिक रुपमा प्रस्तुत भएका उनले ओलीलाई डोला (नपुँसक )भन्दै होच्याएको भिडियोमा सुनिन्छ । 'जसको बच्चा हुँदैन,उसैलाई धन प्यारो' हुने कथन जोड्दै ओलीलाई भ्रष्ट नेताका रुपमा चित्रित गरेका छन् ।
ओली नेतृत्वको क्याबिनेटबाट प्रदेश प्रमुख बनाइएका उनले सोधेका छन्, 'बालकोटमा दुई वटा दरबार कसरी ठडियो ?'
प्रधानमन्त्री ओलीको राजनीतिक यात्रा र जेलजीवनमाथि पनि घर्तीले कटाक्ष गरेका छन् । राजनीतिक आन्दोलनका दौरान नभई ओली व्यक्ति हत्याका कारण जेल परेको उनको दाबी छ ।
प्रदेश प्रमुख घर्तीले प्रधानमन्त्री ओलीविरुद्ध दिएको अभिव्यक्ति जस्ताको तस्तै:
जसको बालबच्चा हुँदैन, गाउँले शब्दमा भन्दा डोला भन्ने गर्छन् । जसलाई नपुँसक पनि भन्छन् । अहिले तपाईंहरुलाई थाहा छ कि छैन खडगप्रसाद ओली अथवा खड्गप्रसाद शर्मा ओली अथवा केपी शर्मा ओली । यहाँ कतिलाई भ्रम छ भने हाम्रै सन्तानले माथि गरिराछ है भनेर ओली बगाल उफ्रिन्छन् । त्यो पक्का बाहुनको छोरो हो, तपाईंहरुको ओली हैन । गाउँघरमा एउटा भनाई छ, जसको केही छैन,त्यसलाई धन असाध्यै प्यारो हुन्छ ।
तपाईंहरु यत्ति कुरा बुझ्नुस्, मोहनप्रसाद शर्मा तेह्रथुमको कंगाल,बाढी पहिरोले बेपत्ता भएर बस्ने बास,खाने गाँस नभएर जिउ पाल्न तल झापाको मैदानमा झरेको । सानो दूधे बालक आएको त्यो केपी शर्मा,त्यो पाँच सातमा पढ्दा पढ्दै आफ्नै मामालाई आँपको बोटमा (अग्रेजीमा म्यांगो भन्छन्) च्वाट्ट च्वाट्ट काटेर १४ वर्ष जेलमा बस्या । उसैले के भन्छ,यो देशको आन्दोलनको लागि, यो देशलाई परिवर्तन गराउनुको लागि, कम्युनिष्ट बनाउनको लागि....के माटा हुन्छ काट्टो ज्यानमारा !
त्यो त गर्यो गर्यो । जमानामा खान नपाई लाँकर भएर काठमाडौँकी ज्यापुनी ब्या गर्यो । भक्तपुरको बालकोट भन्ने ठाउँमा दुई वटा दरबार छ अहिले । जो बल्खु दरबारभन्दा ठूला । त्यस्तो दरबार बनाउने सम्पति कहाँबाट आयो ?
त्यसकारण,देश कुन तालले गाको छ ? बेतालले गाको छ । कुनै तालै छैन,तपाईंहरु यत्ति कुरा बुझ्नुस् ।
हाम्रौ गाउँमा लहरै लागेर पैसेरु नाच्छन् । तर अगुवाले ताल बिगार्यो भने के हुन्छ ? त्यसकारण अहिले देश बेतालमा चलिराख्या छ । आतंकवादी केपी शर्मा ग्रुपहरुले गरेको राज्य आतंक हो यो ।
मदन मण्डारीलाई केपीले मारेको हो कि,विद्याले मारेको हो, त्यो आफ्नै ठाउँमा छ । यदि मारेको हो हो उनीहरुले आफै भन्थे यो कांग्रेसको सरकारले मदन भण्डारी र जीवराज आश्रितको हत्यारालई किन समात्न सकेन ? अपराधी खुलेआम हिँडिरहेका छन् । तर सरकारमा गएपछि उनीहरुले किन हालेनन् त ? आखिर तिनै ले मारेको रहेछ ।
टिप्पणीहरू