सँसदमा एकैसाथ तीन मन्त्री हाजिर,सुरक्षा प्रमुख पनि सामेल

सँसदमा एकैसाथ तीन मन्त्री हाजिर,सुरक्षा प्रमुख पनि सामेल

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीनजना मन्त्री उपस्थित भएका छन् ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सहभागी छन् । पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतलाई पनि बोलाइएको छ । 

शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल भइरहेको बैठकमा सेनाका प्रतिनिधि,आइजी वसन्तबहादुर कुँवर, सशस्त्रका आइजी राजु अर्यालसहित मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको छ ।

टिप्पणीहरू