किष्ट अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार

किष्ट अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार
सुन्नुहोस्

ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा चिकित्सकमाथि दुर्व्यवहार भएको छ । उपचारमा लापरबाही गरिएकाले बिरामीको मृत्यु भएको जनाउँदै आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेपछि नेपाल चिकित्सक संघले त्यसतर्फ गम्भीर ध्यानाकर्षण जनाएको छ ।

संघले अस्पतालको इमर्जेन्सी विभागमा प्रवेश गरेर सेवा अवरुद्ध पार्दै स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरिएको बताएको छ । पित्त थैलीको शल्यक्रिया गरिएको केही दिनपछि स्वास्थ्यमा जटिलता आएपछि काठमाडौं, कोटेश्वरकी २७ वर्षीया खुशी मगरको गत शनिबार अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

चिकित्सकहरुको अथक प्रयासका बाबजुद बिरामीको मृत्यु भएको विषय पीडित पक्षलाई जानकारी गराउँदा गराउँँदै पनि अस्पतालको इमर्जेन्सी विभागमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरिएको संघको आरोप छ ।

उनीहरुले अस्पतालको भौतिक संरचनामा समेत क्षति पुर्याएको भन्दै संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीहरुको पहिचान गरेर अविलम्ब कानूनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन,२०७९) बमोजिम कानूनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछौं ।’

टिप्पणीहरू