सडकमा सामान थुपार्नेलाई १५ हजार जरिवाना

सडकमा सामान थुपार्नेलाई १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री थुपार्ने एक जनालाई कारबाही गरेको छ । 

वडा नम्बर २ का स्थानीय आशिष महर्जनलाई उक्त कसुरमा महानगरले कारबाहीस्वरुप १५ हजार रुपैयाँ जरिवाना तिराएको हो । उनले आफ्नो घरबाहिर सडकमा पैदलयात्रु हिँड्नै नमिल्ने गरी गिट्टी बालुवा राखेको महानगरको भनाइ छ । 

जरिवानाको कारवाहीमा परेका महर्जनलाई आगामी दिनमा यस्ता कार्य नगर्न महानगरले सचेत पनि गराएको छ ।

टिप्पणीहरू