तीन दर्जन थान क्यानभासमा जिरी

तीन दर्जन थान क्यानभासमा जिरी
सुन्नुहोस्

मुलुकको ऐतिहासिक र पर्यटकीय नगरी दोलखाको जिरीको सौन्दर्यतालाई समेटेर आयोजित ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौंको बानेश्वरस्थित एनबी सेन्टरमा अस्तिदेखि शुरु भएको प्रदर्शनी आज सकिएको छ ।

जिरीमा आयोजित महोत्सवमा सहभागी छ जना कलाकारले आफ्नो तीन दिनको बसाइँ अनुभव कलाकृतिमार्फत देखाएका हुन् । कलाकारहरु केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले जिरीको भेषभुषा, संस्कृति क्यानभासमा उतारेका थिए । प्रदर्शनीमा ३६ थान कलाकृति राखिएको थियो ।

टिप्पणीहरू