स्वदेश फर्कनुअघि रोमानियाकी राजदूत सिंहदरबारमा

स्वदेश फर्कनुअघि रोमानियाकी राजदूत सिंहदरबारमा
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाकी राजदूत डानियल मारियना सेजोनभ तानले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिनुभएकोमा राजदूत डानियललाई धन्यवाद व्यक्त गर्नुभएको छ । सो क्रममा दुवै देशमा राजदूतावास खोल्न प्रस्ताव गरिएको छ । 

भेटमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।

टिप्पणीहरू