भोटाहिटीमा प्रदर्शनलगत्तै दुर्गा प्रसाईं गिरफ्तार

भोटाहिटीमा प्रदर्शनलगत्तै दुर्गा प्रसाईं गिरफ्तार
सुन्नुहोस्

राजावादी अभियन्ता तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरेटारस्थित निवासबाट आज अपराह्न नियन्त्रणमा लिएको हो । 

प्रसाईंलाई अहिले साइबर ब्युरोको कार्यालयमा राखिएको बुझिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले गरेको सिफारिसका आधारमा अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पुर्जी जारी गरेको हो ।

प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको विरोधमा ‘राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ले केही बेरअघि भोटाहिटीस्थित ब्युरोअगाडि प्रदर्शन गर्दै सामुहिक गिरफ्तारीका लागि निवेदन दर्ता गराएको थियो ।

 

टिप्पणीहरू