सिटिजन्स बैंकको ‘स्मार्ट हब’ सञ्चालनमा, चाडपर्वमा अफर नै अफर

सिटिजन्स बैंकको ‘स्मार्ट हब’ सञ्चालनमा, चाडपर्वमा अफर नै अफर

सिटिजन्स बैंकले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आज कर्पोरेट कार्यालयको प्रांगणमा उक्त सेवा प्रारम्भ गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स्मार्ट हब सार्वजनिक गर्दै यसले डिजिटल बैंकिङ्ग प्रणालीको विकासमा टेवा पुर्याउने बताए । उनका अनुसार यो सेवा संचालनमा आएपछि एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट चेक तथा नगद जम्मा गर्ने र आवश्यक परेको नगद मेशिनबाट प्राप्त समेत गर्न सकिनेछ । 

हाललाई कर्पोरेट कार्यालयबाट शुरु गरिएको यो सेवा आगामी दिनमा बैंकका अन्य शाखामा पनि सञ्चालनमा ल्याइने जनाइएको छ । स्मार्ट हकमा राखिएका मेशिनहरुमा ग्राहकले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ । 

त्यस्तै, क्यास डिपोजिट मेशिनबाट एक हजार र पाँच सय दरका नोटहरु जम्मा गर्न मिल्ने सुविधा रहेको बैंकले जनाएको छ । यसबीच, बैंकले असोज महिनालाई ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । उत्सवको अवसरमा बैंक फोनपेसँगको सहकार्यमा विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ । 

जसमा मोबाइल बैंकिङ्ग प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरुलाई चार सय रुपैयाँदेखि सम्म दशैंमा बैंकको मोबाइल बैकिङ्ग प्रयोग गरी डिजिटल दक्षिणा दिँदा एक सय रुपैयाँसम्म क्यासब्याक हुनेछ । 

त्यस्तै, चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ्ग कारोबारमा ग्राहकहरुलाई आकर्षक क्यासब्याक सुविधा उपलब्ध छ । बैंकले ‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियान पनि ल्याएको छ । जसमामा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याकको अफर छ । 

यता, ‘डिजिटल रेमिट्यान्स प्राप्ति अभियान’ मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिट्यान्समा आकर्षक क्यासब्याक हुनेलगायत अफरहरु पनि समावेश छन् । 

बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट’ कार्ड पनि सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड बिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल कार्डमा रहेको छ ।

टिप्पणीहरू