दुर्गा प्रसाईं थप पाँच दिन थानामै

दुर्गा प्रसाईं थप पाँच दिन थानामै

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम बिहारी मौरेको इजलासले आज दोस्रो पटक ५ दिन थुनामा राख्न अनुमति दिएको हो । आइतबार भक्तपुरको कमेरेटारस्थित निवासबाटै समातिएका प्रसाईंलाई अदालतले त्यहि दिन ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)की नेतृ ज्वाला संग्रौलाले दिएको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई पक्रेर अनुसन्धानन गरिरहेको छ । पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखाएर वीर अस्पताल बसेका उनलाई अहिले प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

टिप्पणीहरू