आधा करोडको सेट बगेपछि 'एक्लो' का लगानीकर्ता तनावमा

आधा करोडको सेट बगेपछि 'एक्लो' का लगानीकर्ता तनावमा

मुस्ताङमा बाढी आएपछि चलचित्र ‘एक्लो’ निर्माण टिम तनावमा परेको छ । ४० लाख खर्च गरेर तयार पारेको सेट बाढीसँगै बगेपछि फिल्मका निर्माता-निर्देशक तनावमा परेका हुन् । 

भदौ महिनाभरी काठमाडौँमा पहिलो चरणको छायांकन सकेर एक्लो टोली मुस्ताङ पुगेको थियो । तर, बाढीले सेट बगाएपछि छायांकन रोकिएको निर्माण पक्षले जनाएको छ । 

प्रदिप शाहीले निर्देशन गरिरहेको यस चलचित्रमा प्रदिप खड्का, हलिउड अभिनेता ज्यामी वेकम, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, कविता नेपाली लगायतको अभिनय छ ।

 

साइन्स-फिक्शन जनरामा बन्न लागेको यस चलचित्रमा करिब चार करोडभन्दा बढी लगानी गरिएको बताइन्छ । तर, बाढीले सेट बगाएपछि लगानी थप बढ्ने निश्चित भएको छ ।

टिप्पणीहरू