चितवनका नागरिकको चित्कारः कोरोनासँगै स्क्रबटाइफस र डेङ्गुको डर

चितवनका नागरिकको चित्कारः कोरोनासँगै स्क्रबटाइफस र डेङ्गुको डर

चितवनमा कोरोना संक्रमणसँगै स्क्रबटाइफस र डेङ्गुका बिरामी पनि बढेका छन् । साउन र भदौमा गरिएको परीक्षणमा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको भरतपुर अस्पतालले जनाएको छ । त्यहाँ ३ सय ४५ जनाको स्क्रबटाइफस र र ३ सय १५ जनाको डेङ्गु परीक्षण गरिएको थियो ।

चितवनमा दैनिक कोरोना सङ्क्रमित थपिएको थपियै छन् । त्यहाँ आज पनि १० जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ । योसँगै हालसम्म चितवनमा संक्रमित ‍९ सय ४३ जना पुगेका छन् । ७ सय १५ जना निको हुँदा १८ जनाको मृत्यु भएको छ ।

कोरोनासँगै स्क्रबटाइफस र डेङ्गुका लक्षण भएका बिरामीको संख्या बढेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । उहाँका अनुसार स्क्रबटाइफसका बिरामीमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने लगायतका लक्षण देखिन्छ । स्क्रबटाईफस मुसामा हुने एकप्रकारको किर्नाले टोकेर हुने रोग हो । किर्नाले टोकेको केही दिनमा बिरामीमा लक्षण देखिन थाल्दछ ।

यस्तै एडिस एजिप्टाई नामको पोथि लामखुट्टेको टोकाईबाट डेङ्गु रोग सर्ने जोखिम हुन्छ । यो लामखुट्टे प्रायः सफा पानि जमेको ठाउँमा हुन्छ । जनस्वास्थ्य कार्यालय चितवनले पानी जमेको ठाउँहरु सफा राख्न र पानी जम्न नदिन, स्वास्थ्य सतर्कता अपनाउन भनेको छ ।

टिप्पणीहरू