स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालयको हिरासत

स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालयको हिरासत

हिजो साँझ काठमाडौंमा पक्राउ परेपछि राति नै पोखरा पुर्याइएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षण गरिएको छ । सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् सांसदसमेत रहेका उनलाई प्रहरीले राति सडक मार्ग हुँदै पोखरा लगेको थियो । 

बिहान ३ बजे पोखरा पुगेपछि उनको स्वास्थ्य परीक्षण गरिएको बताइन्छ । हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका उनीमाथि सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारी संस्थाको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन गरेको आरोप छ ।

गोर्खा मिडियाका तत्कालीन पूर्व प्रबन्ध निर्देशक लामिछानेलाई भोलि बिहान जिल्ला अदालत, कास्कीमा उपस्थित गराईंदै छ । यसअघि सहकारी रकम अपचलन सम्बन्धी संसदीय विषेश समितिले लामिछानेसहित अन्य व्यक्तिहरुको संलग्नता देखिएकाले पक्राउ र अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

टिप्पणीहरू