“दुई संस्था दुई खुट्टाजस्तै”

“दुई संस्था दुई खुट्टाजस्तै”

सूचना तथा प्रशारण विभागका महानिर्देशक किरणराज पौडेलले सूचना तथा प्रशारण विभाग र प्रेस काउन्सिल नेपाल दुई खुट्टा सरह भएको बताउनुभएको छ । आज प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक किशोर श्रेष्ठलाई बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै पौडेलले प्रेस काउन्सिल र सूचना विभागको सहकार्य र समन्वयमा मात्रै पत्रकारिता क्षेत्रको व्यवसायिकता अघि बढ्न सक्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष पदबाट शुक्रबार राजीनामा दिनुभएका श्रेष्ठलाई विभागले आज बिदाई गरेको हो ।

कार्यक्रममा श्रेष्ठको आगामी यात्राको सफलताको शुभकामना दिँदै महानिर्देशक पौडेलले नेपालको पत्रकारिता क्षेत्रमा पदमा रहँदा र नरहँदा पनि श्रेष्ठले पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । नेपाली प्रेस जगतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उचाईमा पु¥याउन श्रेष्ठले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

विभागको महानिर्देशक प्रेस काउन्सिलको सदस्य सचिवसमेत भएका कारण पनि विभाग र काउन्सिलबीचको समन्वय अनिवार्य भएको स्मरण गर्दै उहाँले सञ्चारग्राममा रहेका चारै अङ्ग सूचना तथा प्रशारण विभाग, प्रेस काउन्सिल नेपाल, पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिबीच अन्तरनिहित सम्बन्ध रहेको बताउनुभयो ।

बिदाई भनाई राख्दै निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले महानिर्देशक पौडेलसँगको छोटो समयको सहकार्य स्मरणीय र उपलब्धिमुलक भएको बताउनुभयो । उहाँले पछिल्लो समय सरकार र प्रेस काउन्सिलबीचको समस्या समाधानमा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्दै संस्थागत विकासका लागि कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गरी सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रेस काउन्सिलको संस्थागत विकासका लागि सूचना विभागका महानिर्देशकको विशेष भूमिका रहने भन्दै उहाँले एउटा कुशल प्रशासकले संस्थाको विकास यथोचित रूपमा गर्न सक्ने बताउनुभयो । उहाँले आफू पत्रिका र अनलाइनको सम्पादक भएका कारण पनि प्रेस काउन्सिल र सूचना विभागसँगको सम्बन्ध विगतमा जस्तै रहने बताउनुभयो ।

विभागले आजै नवनियुक्त कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई स्वागत पनि गरेको छ । नवनियुक्त कार्यवाहक अध्यक्ष बुढाथोकीको कार्यकालमा प्रेसजगत् थप व्यवसायिक हुने विस्वास व्यक्त गर्दै महानिर्देशक पौडेलले सबै क्षेत्रका गुनासा समेटेर सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

टिप्पणीहरू