थाइल्याण्डमा ओर्लनासाथ नेवारी भाषा

थाइल्याण्डमा ओर्लनासाथ नेवारी भाषा
सुन्नुहोस्

थाइल्याण्डको राजधानी बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली यात्रुका लागि नेपाल भाषा (नेवारी भाषा) मा समेत बोर्ड झुण्डाइएको छ । विमानस्थलबाट काठमाडौंका लागि उडान हुने गेटमा अंग्रेजीसँगै नेपाल भाषाबाट सूचित गर्न थालिएको छ । 

नेपाल वायुसेवाको उडानबाट काठमाडौं आउने क्रममा विमान चढ्न जाने क्रममा नेपाल भाषामा काठमाडौं लेखेको देखिएपछि निकै खुशी लागेको पत्रकार रवि मानन्धरले बताए । बोर्डिङ गेटमा नेपाल भाषामा काठमाडौंलाई येँ देय् (काठमाण्डौ देश) लेखिएको छ । सँगै अंग्रेजीमा काठमाडौं र आरएको उडान नम्बर ४०२ देख्न सकिन्छ ।

 

नेपाल वायुसेवा निगमले सरकारको निर्णयका कारण आन्तरिक प्रयोजनमा नेपाल भाषा प्रयोग हुने गरेको जनाएको छ । सबैतिर यस्तो प्रयोग भएको छ त भन्ने जनआस्थाको जिज्ञासामा निगमका एक जना अधिकारीले नाम नबताउने शर्तमा भने, ‘नीतिगत व्यवस्था त छैन । तर, विदेशी भूमिमा कसैले राम्रो उद्देश्यका लागि गरेको छ भने आपत्ति जनाउनुपर्ने होइन ।’

टिप्पणीहरू