सहकारी पीडितहरुलाई रास्वपाका नेता–कार्यकर्ताको धम्की

सहकारी पीडितहरुलाई रास्वपाका नेता–कार्यकर्ताको धम्की
सुन्नुहोस्

पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरूले आफ्नो घरमा आएर धम्क्याएको बताएका छन् । उनीहरुले रवि लामिछाने पक्राउ परेको, हिरासतमा रहेको र अनुसन्धानमा रहेको अवस्थामा आफूहरुलाई भड्काउन पहिले प्रभाव पार्ने प्रयास र पछि धम्कीपूर्ण भाषा प्रयोग गरेको उल्लेख गरे ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले रास्वपाका नेता र कार्यकर्ताले आफ्ना बचतकर्ताको घरमा पुगेर भड्काउने गरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । ‘पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन् पिटिएका छन्, यो विषयले हामी सहकारी पीडीत झनै शसंकित भएका छौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले अदालतमा दबाब पार्ने उद्देश्यले काम गरेको देखिएकाले पीडितहरु सडकमा आउन बाध्य भएको समितिको भनाई छ ।
 

टिप्पणीहरू