दिल्ली उड्न लाग्दालाग्दै पक्राउ

दिल्ली उड्न लाग्दालाग्दै पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार भारतीय अभियुक्त नयाँदिल्ली जाने क्रममा काठमाडौँ विमानस्थलबाट समातिएका छन् । 

आज मध्याह्न इन्डिगो एयरको विमानबाट दिल्ली उड्न ठिक्क परेका रोहित नामक उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको हो । भोटर आइडी आरएजे १३८३६७ रहेका उनी अध्यागमनको कालोसूचीमा थिए । 

बोर्डिङ चेकजाँचका क्रममा पहिचान गरी रोहितलाई अध्यागमनले नियन्त्रण लिएर नेपाल प्रहरीलाई बुझाएको बताइएको छ ।

टिप्पणीहरू