आज तीन अध्यादेश

आज तीन अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सिफारिस भएका एसिड आक्रमण नियमनसम्बन्धी कानुन,एसिड आक्रमणमा सजायँसम्बन्धी कानुन र काठमाडौँ उपत्यकाका प्रहरी संघले सञ्चालन गर्नेसम्बन्धी अध्यादेश आउन लागेको हो ।

एसिड आक्रमणसम्बन्धी अध्यादेशमा एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था छ । यस्तै प्रहरीसम्बन्धी अध्यादेशअनुसार उपत्यकाको प्रहरी परिचालन तथा सञ्चालन प्रदेशले गर्न पाउनेछैन । केन्द्रसङ्गै त्यो अधिकार रहनेछ । बागमती प्रदेश भने केन्द्रीय राजधानीको सुरक्षा अह्रनखटन पनि आफैअन्तर्गत हुन पर्ने अडानमै देखिन्छ ।

टिप्पणीहरू