हुस्सुले रोकिएका रवि फेरि कास्की हिरासतमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । बयानका लागि मंगलबार रुपन्देहीको भैरहवा पुर्याइएका उनलाई आज पोखरा फर्काइएको छ ।
उनलाई तीन दिनको बयानपछि हिजो राति अबेरको उडानमा पोखरा लैजान खोजेपनि खराब मौसमका कारण नलगिएको रुपन्देही प्रहरीले जनाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनामा पनि लामिछानेको संलग्नताको आरोप लागेपछि बयानका लागि रुपन्देही लगिएको हो ।
हिजो साँझदेखि आज मध्यान्हसम्म हुस्सु लागेकाले भैरहवाबाट उनलाई पोखरा लैजान ढिलाई भएको बताइन्छ ।
टिप्पणीहरू