आकाशमा बादल देखिनु चिसो बढ्ने संकेत

आकाशमा बादल देखिनु चिसो बढ्ने संकेत
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशको धेरै भागमा हिजो बेलुकीदेखि बादल लागेको छ । यो क्रम अब बिस्तारै पूर्वतिर सर्दै आउने भएकाले जाडो बढ्ने सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिी र गण्डकी प्रदेशका अधिकांश भूभागमा आज रातिसम्म बादल लाग्ने सम्भावना छ । 

कर्णाली र गण्डकीका उच्च हिमाली भेगमा राती र बिहान हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा वर्षा पनि हुनसक्छ । 

गत मंसिर २९ गते काठमाडौं उपत्यकामा यो वर्ष हालसम्मको सबैभन्दा चिसो दिन भएको थियो । त्यो दिनको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । त्यसपछि बढेको काठमाडौंको न्यूनतम तापक्रम ४ देखि ५ डिग्रीको हाराहारीमा छ ।

टिप्पणीहरू