हिमपात र वर्षापछि जाडो बढ्दै
सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा हिजोदेखि शुरु भएको वर्षा आज साँझ संघीय राजधानी काठमाडौं र वरपरका जिल्लामा पनि भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपात भएको छ ।
काठमाडौं उपत्यकामा अपरान्हदेखि हल्का वर्षा भएको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र बागमतीका उच्च हिमाली भागमा हिमपात भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्म बादल लाग्ने र वर्षा पनि हुनसक्ने भएकाले जाडो थप बढ्ने सम्भावना छ ।
टिप्पणीहरू