प्रधानमन्त्रीविरुद्धको प्रदर्शनमा त्रसित मनोविज्ञान
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रम र स्थलमा हुटिङ गर्ने,विरोध जनाउने प्रवृत्ति बढेको छ । गत महिना चीनको औपचारिक भ्रमणपछि गृहजिल्ला झापा पुग्नुभएका उहाँविरुद्ध नाराबाजी र कालोझण्डा देखाउने तथा अवरोधको प्रयाससम्म भएको थियो ।
पहिलेको आफ्नो प्रधानमन्त्रीत्व कार्यकालमा बनाउन लगाउनुभएको दमकको भ्यु टावर उद्घाटन गर्न जाँदा विरोधको सामना गर्नुपरेको हो । तीन दिनसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँको सुरक्षार्थ खटिएकाहरुले विरोधको सामना गर्नुपरेको थियो । पूर्वका पहिचानवादीहरुसँग प्रधानमन्त्रीको सुरक्षामा खटिएको सुरक्षा टोलीको पाडाजुँगी भन्ने ठाउँमा निकै घम्साघम्सी पर्यो । भोलिपल्टको कार्यक्रममा पनि उनीहरुले विरोधको प्रयास गरे ।
कोशी प्रदेशको नामाङ्कन सन्दर्भमा पहिचान पक्षधरहरुले पुनः नामांकन दबाब संघर्ष समिति नै गठन गरेर विरोध जनाउँदै आएका छन् । उनीहरुको उक्त माग कोशीको सन्दर्भमा पुरानो र निकै पेचिलो हुँदै गएको छ । त्यसको मार र दबाबमा बहालरत मुख्यमन्त्री हिक्मत कार्की समेत परेका छन् । उनलाई पनि प्रधानमन्त्री ओलीलाई जस्तै जताततै विरोध गर्न थालिएको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘सम्मानननीय प्रधानमन्त्री र मन्त्रीहरुसमेत सहभागी हुनुहुने भएकाले सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरी सुरक्षा प्रबन्ध भरपर्दो र त्रुटीरहित ढंगले मिलाउने ।’
झापाको बिर्तामोडमा चर्को विरोध हुने थाहा पाएपछि हालै आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तोकिएका कार्कीले अन्तिम घडी आफ्नो सट्टा कनिष्ठ मन्त्रीलाई पठाइदिए । बिर्तामोडमा प्रदेश सरकारको पर्यटन मन्त्रालयको समन्वयमा तामांग घेदुङ संघले चलचित्र तथा उद्योग व्यापार मेला आयोजना गरेको थियो । मन्त्रालयले रातो किताबमा उल्लेख गरेको बजेटअनुसार उक्त कार्यक्रममा ५० लाखभन्दा बढी निकासा गरेको बताइन्छ । त्यसैले कार्यक्रममा मुख्यमन्त्री कार्की प्रमुख अतिथि भनेर पहिलेदेखि प्रचार गरियो ।
बजेट प्रदेश सरकारको भए पनि सतहमा तामाङ घेदुङको कार्यक्रम भएकाले उनीहरुले आफूलाई पहिचान पक्षधर रहेको जनाउँदै कार्कीलाई प्रमुख अतिथि बनाउन नसकिने धारणा राखेका थिए । प्रदेश सरकारको बजेटमा मुख्यमन्त्रीलाई सम्मान गर्न नसकिने निश्कर्ष निकाल्दै घेदुङका हर्ताकर्ताहरु उनको उपस्थिति भएमा विरोध जनाउने निर्णयमा पुगे । विरोधको सुईंको पाएपछि मुख्यमन्त्रीले बिर्तामोडकै प्रदेश सांसद तथा मन्त्री एकराज कार्कीलाई कार्यक्रम उद्घाटनको रिबन काट्न पठाइदिए ।
केही समयअघि प्रधानमन्त्री ओलीको विरोधमा दशरथ रंगशाला र टुँडिखेलमा हुटिङ गरिएको सन्दर्भलाई ध्यानमा राखेर काठमाडौंका सिडिओले हालै सुरक्षा बैठक डाकेका थिए । प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा विरोध र कालो झण्डा देखाउने क्रम बढेपछि सिडिओ जयनारायण आचार्यको संयोजकत्वमा पुस ४ गते राखेको बैठकमा सेना,प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र ट्राफिकको समेत प्रतिनिधि थिए ।
गत शनिबार विश्व योग दिवस मनाउने क्रममा प्रधानमन्त्रीको उपस्थिति रहने भएकाले टुंँडिखेलमा व्यापक सुरक्षा प्रदान गर्न दुई दिनअघि नै सिडिओ कार्यालयमा बैठक राखिएको हो । बैठकको निर्णयमा भनिएको छ, ‘सम्मानननीय प्रधानमन्त्री र मन्त्रीहरुसमेत सहभागी हुनुहुने भएकाले सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरी सुरक्षा प्रबन्ध भरपर्दो र त्रुटीरहित ढंगले मिलाउने ।’ प्रधानमन्त्री जहाँ गए पनि विरोध प्रदर्शन हुने भएपछि चारैतिरबाट छोप्ने तयारी सुरक्षा निकायहरुको देखिन्छ ।
टिप्पणीहरू