रवि राज्य व्यवस्थाबाट पनि निलम्बित, अदालत जाने रास्वपाको तयारी

रवि राज्य व्यवस्थाबाट पनि निलम्बित, अदालत जाने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यबाट निलम्बन गरिएको छ । आज बसेको समितिको बैठकमा सभापति रामहरी खतिवडाले लामिछानेलाई निलम्बन गरिएको व्यहोराको पत्र पढेर सुनाएका हुन् । 

लामिछानेविरुद्ध अस्ति कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएपछि हिजो ससंद सचिवालयले मुद्दा किनारा नलागेसम्म सांसद पदबाट निलम्बन गरेको थियो । त्यसअघि सभापति तथा सांसद लामिछानेलाई निलम्बन नगर्न आग्रह गर्दै रास्वपा नेताहरु हिजो सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका थिए । 

आज रास्वपाका उनै नेताहरुले लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयविरुद्ध सर्वोच्च जाने बताए । पार्टीका एक केन्द्रीय सदस्यले जनआस्थासँग भने, ‘सांसद तथा हाम्रा सभापतिज्यूलाई निलम्बन गर्नु सरासर कानुनको बर्खिलाप हो, हामी प्रमाण पुर्याएर सर्वोच्च जान्छौं ।’

टिप्पणीहरू