साँझ परेपछि भारतीय सशस्त्र सीमा बल टोली वसन्तपुरमा
नेपाल भ्रमणमा रहेको भारतीय सशस्त्र सीमा बल (एसएसबी) महानिर्देशक नेतृत्व टोलीले वसन्तपुर दरबार क्षेत्रकाे अवलोकन गरेको छ । साढे ५ बजेको समयमा पुगेको टोली झण्डै एक घण्टा त्यहाँ बिताएपछि नक्सालस्थित होटल मेरियट फर्केको बताइन्छ ।
महानिर्देशक अमृतमोहन प्रसादले नेतृत्व गरेको टोली र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल नेतृत्वको टोलीबीच आज बिहान हल्चोकस्थित सशस्त्र मुख्यालमा औपचारिक भेटवार्ता भएको थियो । ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ अघि भारतीय टोली होटल मेरियटबाट बिहान साढे ९ बजेको समयमा भारतीय दूतावास लैनचौर पुगेको थियो ।
हल्चोकबाट साढे २ बजे सिंहदरबार पुगेर गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, गृहसविच गोकर्णमणि दुवाडीसँग महानिर्देशक अमृत मोहनप्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको हो । भेटमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसहित भारतीय टोलीका अन्य चार जना सदस्य पनि थिए ।
मोहनप्रसादकी श्रीमती शिखा श्रीवास्तव, सीमा बलका आइपीएस आईजी नायर हसेन खान, आइजी दीपक कुमार सिन्हा र विदेश मन्त्रालयका उपसचिव सकेता राजा म्युसिनिपाली रहेको प्रतिनिधिमण्डलले साँझ वसन्तपुरको अवलोकन गरेको हो ।
Write to Editor & Uttam
टिप्पणीहरू