जस्तोसुकै लडाकू विमान पत्ता लगाउने चिनियाँ चेतावनी

जस्तोसुकै लडाकू विमान पत्ता लगाउने चिनियाँ चेतावनी

चीनले हालसम्मकै उच्च प्रविधियुक्त मिलिटरी राडार बनाएको छ । नान्जिङस्थित चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशनले तयार पारेको उक्त राडार चुहाई शहरमा आयोजित १५ औं चिनियाँ अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी प्रदर्शनीमा राखिएको छ ।

वाईएलसी २ ई नामक राडारले जस्तोसुकै लडाकू विमान पत्ता लगाउँदै क्षेप्यास्त्र प्रहारको निम्ति अचुक निशाना लगाउने दाबी गरिएको छ । कम्पनीका अनुसार आधुनिक युगका युद्धमा सामरिक महत्वका भवन र स्थल मुख्य निशानामा पर्ने गर्दछन् । तर, उक्त राडारले त्यस्ता भवन र स्थलको सुरक्षाको निम्ति सम्भावित लडाकू विमान पहिले नै पत्ता लगाएर क्षेप्यास्त्र प्रहार गर्न सहयोग पुर्याउने गर्छ । राडार भएको क्षेत्र नाघेर कुनै पनि लडाकू विमान गोप्य तवरले अन्यत्र जान नसक्ने चिनियाँ सैन्य विज्ञहरुको भनाई छ ।

उक्त राडार एस ब्याण्ड प्रणालीमा आधारित छ । एस ब्याण्ड रेडियो तरंगमा विशेषको सट्टा सर्वसाधारणले प्रयोग गर्ने वाइफाईले काम गर्ने बताइन्छ । उक्त राडार प्रणालीमा उच्चशक्तिको ट्रान्समिटर र रिसिभर राखिएको छ । ब्याडमिन्टन कोर्टको आधा भाग जत्रो उक्त राडारलाई दुश्मनले फैलाउने विद्युतीय जामरले समेत कुनै असर पार्दैन । जामरले सामान्यतयाः इन्टरनेट र टेलिफोन सिग्नललाई अवरुद्ध पारिदिन्छ ।

टिप्पणीहरू