बच्चासहित अभिनेत्री हिमालतिर

बच्चासहित अभिनेत्री हिमालतिर

दक्षिण कोरियाकी एक अभिनेत्री ६ वर्षको छोरोसँगै उच्च हिमाली भेगको पदयात्रामा निस्केकी छन् । लि सियोंगले आफ्नो सानो छोरोलाई बोकेर हिमाली भेगको पदयात्रा गरेको फोटो सामाजिक सञ्जालमा हालेपछि मिश्रित प्रतिक्रिया आएको छ ।

कोरिया टाइम्सका अनुसार उनी सानो छोरासँगै चार हजार मीटर अग्लो भागमा पुगेकी छन् । उनको पदयात्रासम्वन्धी छोटो भिडियोमा हिउँ देखिन्छ । 

अभिनेत्रीले मार्दी हिमालको दृश्य अवलोकन गर्न बिहान ३ बजे उठेको र छिटो हिँड्न नसकेकाले हिमाली दृश्य हेर्न ४ हजार २०० मीटरको उचाईमा ढिलो पुगेको इन्स्टाग्राममा लेखेकी छन् ।

उच्च हिमाली क्षेत्रको पदयात्रामा वर्षा र हिउँले अवरोध पुर्याएको उनको अनुभव छ । तर अन्तिम दिन आकाश खुलेकाले आफूलाई भाग्मानी ठान्दै लेखेकी हुन् । 

४२ वर्षे अभिनेत्रीले सानो बालकलाई उच्च हिमाली क्षेत्रमा लगेकोमा धेरै कोरियालीले यसबाट गम्भीर जोखिम हुनसक्नेतर्फ औंल्याएका छन् ।

उनका श्रीमान धनी व्यवसायी हुन् । गत वर्ष पनि उनै छोरा बोकेर दक्षिण कोरियाको माउण्ट हाल्ला पुगेकी थिइन् ।

टिप्पणीहरू